नुवाकोट–अमेरिका सम्पर्क समितिद्धारा हेमवतेश्वर गुरुकुललाई आर्थिक सहयोग

विदुर खबर २०७९ भदौ २१ गते ७:४४

नुवाकोट । नुवाकोटबाट अमेरिका गई वसोवास गर्दै आइरहेका नेपालीहरुको संगठित संस्था नुवाकोट–अमेरिका सम्पर्क समितिले हेमवतेश्वर वेदविद्याश्रम (गुरुकुल) लाई आर्थिक सहयोग गरेको छ ।

Advertisement

समितिले नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ५ को वाहुनवेशीमा रहेको उक्त गुरुकुललाई एक लाख २६ हजार ४ सय १९ रुपैयाँ सहयोग गरेको नुवाकोट–अमेरिका सम्पर्क समितिका सचिव डा. दिपेन्द्र दाहालले जानकारी दिए । दाहालले विद्यालयको आर्थिक अवस्था र गुरुकुलमा रहेका विद्यार्थीको शिक्षदिक्षाको लागि सो रकम आर्थिक सहयोग गरेको बताए ।

गुरुकुललाई दिएको सहयोग रकममध्ये अहिले २४ हजार रुपैयाँ बुझि लिएको हेमवतेश्वर वेदविद्याश्रम (गुरुकुल) व्यवस्थापन समितिका अध्यक्ष भृगुऋषि मिश्रले बताए । बाँकी रकम एक लाख २ हजार ४ सय रुपैयाँ हेमवतेश्वर वेदविद्याश्रम गुरुकुलको खातामा जम्मा गरिएको नुवाकोट–अमेरिका सम्पर्क समितिका अध्यक्ष विज्ञान खनालले बताए ।

Advertisement

नुवाकोट–अमेरिका सम्पर्क समितिले संस्कृत विद्यालयमा अध्ययनरत सयौ विद्यार्थीहरुका साथै स्वास्थ्य क्षेत्रमा समेत गरि १० लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकेको नुवाकोट–अमेरिका सम्पर्क समितिका सदस्य शुरेश भण्डारीले जानकारी दिए ।

गुरुकुलमा अहिले ६ जना आवासीय रुपमा रहदै आएका विद्यार्थीसहित २० जना अध्ययन गरिरहेका छन् । आर्थिक अवस्थाका कारण गुरुकुलमा रहेका विद्यार्थीहरुलाई चाहे अनुसारका प्राविधिक शिक्षा दिन नसकेको हेमवतेश्वर महाकाली उत्तर वाहिनी क्षेत्र विकास समितिका अध्यक्ष हरिप्रसाद भण्डारीले जानकारी दिए ।

Advertisement

गुरुकुलको प्रर्वद्धन गर्न सहयोगी हातहरुको आवश्यकता रहेको समेत उनले बताए ।

 

प्रतिक्रिया