नुवाकोट क्षेत्र नम्बर २ मा एमालेबाट प्रत्यक्षमा ५ जनाको नाम सिफारिस
विदुर खबर
२०७९ भदौ १९ गते २१:४३

नुवाकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको लागि नेकपा एमालेले क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फका उम्मेद्धवारको टुङगो लगाएको छ ।
आइतबार क्षेत्र नम्बर २ समन्वय कमिटीले प्रतिनिधीसभाका लागि प्रत्यक्षतर्फ ५ जनाकाे नाम सिफारिस गरेकाे हाे ।
प्रतिनिधीसभामा हाल सांसद समेत रहेका नारायणप्रसाद खतिवडा, प्रदेश सांसद केशवराज पाण्डे, विष्णु लोहनी, रामशरण प्याकुरेल र माधवप्रसाद तिवारीकाे नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिकतर्फ भने पूर्व मन्त्री समेत रहेका महेन्द्रबहादुर पाण्डे, अजितमान तामाङ, श्रीमाया लामा र दुर्गा वस्ती गरेर ४ जना सिफारिसमा परेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया