नेकपा प्रदेश नं. ३ संसदीय दलको बैठक, पार्टी, सरकार र प्रदेश राजधानीका विषयमा छलफल

विदुर खबर २०७५ भदौ २० गते ३:४०

Advertisement

हेटौँडा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. ३ संसदीय दलको बैठकमा पार्टी, सरकार र प्रदेश राजधानीका विषयमा छलफल भएको छ ।

सो अवसरमा संसदीय दलका नेता तथा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको विकास र समृद्धिका लागि सरकारले दीर्घकालीन योजनाका साथ अघि बढेको उल्लेख गर्दै यसमा सबैको सहकार्य अपरिहार्य रहेकोे बताउनुभयो । प्रदेशसभाबाट अहिलेसम्म १७ वटा विधेयक पास भइसकेको जानकारी दिदैं उहाँले कानून निर्माणलाई सरकारले तीव्रता दिएको हुँदा अहिले देखिएको अन्योलता बिस्तारै हट्ने बताउनुभयो ।

Advertisement

मुख्यमन्त्री पौडेलले सरकारको कामकारवाही सन्तोषजनक रहेको पनि बताउनुभयो । बैठकमा अधिकांश प्रदेशसभा सदस्यले राजधानी अस्थायी हुँदा मानसिकता नै अस्थायी हुने भएकाले स्थायी राजधानी छिटो तोक्न सरकारलाई आग्रह गर्नुभयो । यसरी आग्रह गर्नेमा प्रदेशसभा सदस्य प्रदीप कटुवाल, केशवराज पाण्डे र बेलिमाया घले हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकबाट दिएका सैद्धान्तिक सहमतिको विषय र प्रदेशसभाबाट पारित भएका विधेयकका विषयमा बैठकमा छलफल भएको थियो । त्यस्तै बैठकमा संसदीय समिति, पार्टी र सरकारका कामकारवाहीका विषयमा पनि छलफल भएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

प्रतिक्रिया