कांग्रेस प्रवक्ता डा. महत नुवाकोटबाट पहिलो नम्बरमा सिफारिस
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत नुवाकोटमा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि सिफारिसमा परेका छन् ।
नुवाकोट कांग्रेसले प्रतिनिधि सभा र प्रदेशसभाका लागि डा.महतसहितका १ सय २७ उम्मेदवार सिफारिस गरेको छ ।
नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रवक्ता डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठले बताएका छन् । समानुपातिकतर्फ ६ जनालाई सिफारिस गरिएको छ ।
प्रत्यक्षमा समेत नाम समावेश भएका डा.रामशरण महतलाई समानुपातिकतर्फ १ नं. मा सिफारिस गरिएको छ । अन्य उम्मेदवारमा डा. केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङसहित राज्यलक्ष्मी पाँडे श्रेष्ठ र लालीमाया तामाङलाई सिफारिस गरिएको छ ।
केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीलाई समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति जगतबहादुर तामाङले बताएका छन् ।
समानुपातिकतर्फ केन्द्रीय सदस्य केसीसहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यका लागि प्रदेश ‘क’बाट जगदीश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ पार्टी सभापति रमेशकुमार महत, डा.केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको छ ।
प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति रमेशकुमार महत, जगदीश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित ८ जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं. २ को प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ जगदीश्वरनरसिंह केसी, रमेशकुमार महतसहित २१ जनाको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ जिल्ला सचिव श्रीराम श्रेष्ठसहित १७ जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं. २ को प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईलाई सिफारिस गरिएको प्रदेश सभापति गणेशमान तामाङले बाए ।
समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारीसहित ११ जनाको नाम सिफारिस गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया