अवरुद्ध नेपाल चीनबीच रसुवाखण्डको राजमार्ग पूर्णरुपले सञ्चालनमा
रसुवा, वर्षाका कारण अवरुद्ध नेपाल चीनबीच रसुवाखण्डको राजमार्ग आज अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ ।
प्रजिअ कृष्ण पौडेलका अनुसार रसुवागढी नजिकको पहिरोमा पहरो फुटाली नयाँ ट्र्याक खोलिएपश्चात् मालवाहक सवारी साधन आवतजावत थालिएकोे हो । धुञ्चे नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्र्याक खोली सोमबारबाट यातायात सञ्चालन गरिएको र रसुवाखण्डको पासाङल्हामु राजमार्ग र स्याफ्रुबेशी रसुवागढी खण्डमा कुनै अवरोध नरहेको प्रहरीले जानाएको छ । उहाँले मालवाहक कन्टेनरबाट सामान आयात तथा निर्यात गर्न सबै व्यावसायीलाई आग्रह गर्नुयभो ।
राजमार्ग खोल्ने कार्यमा नेपाली सेना कालीजङ्ग गणका गणपति शीतल बानियाँसहित डिभिजन सडक कार्यालयका प्राविधिक परिवार र सुरक्षा अङ्गका सबै निकायसमेतका महत्वपूर्ण योगदान रहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । व्यापारीले धमाधम आयात गर्न शुरु गर्ने प्रक्रिया अगाडि बढाइसकेको र नेपाल सरकारका तर्फबाट रसुवा भन्सार कार्यालयले दैनिक १०० भन्दा बढी मालवाहक सवारी साधनको जाँचपास गर्ने व्यवस्था मिलाई दिनसमेत आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया