डा. प्रकाशशरण महत काठमाडौं क्षेत्र नं ५ वाट सर्वसम्मत सिफारिस
नुवाकोट । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ वाट नेपाली कांग्रेसले पार्टी प्रवक्ता डा प्रकाशशरण महतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
पार्टी क्षेत्रिय समितिले डा.महतको नाम सर्वसम्मतिले संघिय सांसदको उम्मेदवारमा सिफारिस गरेको हो ।
क्षेत्रिय समितिले वैकल्पीक उम्मेदवारको रुपमा क्षेत्र नं ५ का सभापति श्याम खड्काको नाम पठाएको छ भने आकांक्षीहरुमा प्रेम वहादुर खड्का दामोदर खड्का रमेश खड्का लगाएको नाम पठाएको छ ।
विसं २०३५ देखि काठमाडौं–३ बाँसबारीमा बसोबास गर्दै आएका कांग्रेस नेता महतले यस क्षेत्रभित्रका नगरहरूलाई व्यवस्थित र सुन्दर सहरका रूपमा विकास गर्न सडक निर्माण, स्तरोन्नति, खानेपानी, ढल तथा फोहर व्यवस्थापन, सार्वजनिक शौचालय, व्यवस्थित प्रतिक्षालय, पार्किङस्थल र बजारको व्यवस्थित विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेता महतले बूढानीकण्ठमा अवस्थित पौराणिक, ऐतिहासिक र धार्मिकस्थलको बृहत्तर र सुव्यवस्थित विकास तथा रानीवन क्षेत्रलाई संरक्षण गरी व्यवस्थित नमूना पार्क निर्माण गरी समुदायको हितमा प्रयोगमा ल्याउने योजना अघि सारेका छन्।
काठमाडौं क्षेत्र नं ५ मा काठमाडौं महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन् । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यस क्षेत्रअन्तर्गत पर्छन्।
त्यस्तै महत २०७४ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया