दशैका लागि भदौ २६ गतेदेखि नयाँ नोट सटही गरिने
नुवाकोट । राष्ट्र बैंकले नेपालीहरुको ठूलो पर्व वडादशैका लागि भदौ २६ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । यस वर्ष दशैका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत वर्षहरुमा जस्तै यस वर्षपनि ५, १०, २०, ५० र १०० सय रुपैयाँका खुद्रा नयाँ र सुकिला नोट बैंक तथा वित्तीय संस्थाहरुमार्फत सर्वसाधारणलाई सहटी गर्ने तयारी गरेको छ ।
विगतमा राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र केहि बैंकका शाखाबाट मात्र सटहि सुविधा दिने गरेकोमा भिडभाड भएको गुनासो भएपछि बैंक तथा वित्तीय संस्थामार्फत नै सटही गर्ने केन्द्रीय बैंक स्रोतले जनाएको छ ।
सहकारीका सदस्यहरुका लागि भने राष्ट्रिय सहकारी बैंकमार्फत नयाँ नोट सहटी हुने राष्ट्र बैंकले जनाएको छ । सहकारी संस्था राष्ट्र बैंक अन्र्तगत नभएकाले सहकारी बैंकबाट नयाँ नोट लिन सक्नेछन् ।
गत वर्ष पनि सहकारी बैंकले राष्ट्र बैंकबाट नयाँ नोट ल्याएर सहकारी संस्थाहरुलाई वितरण गरेको थियो । गत वर्षझै यसवर्ष पनि बैंकले सटहि सुविधा दिने सहकारी बैंकले जनाएको छ । राष्ट्र बैंकले नोट सम्बन्धी औपचारिक निर्णय गर्न भने बाँकी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया