रेखा थापाले मोरङ-३ बाट चुनाव लड्ने
विदुर खबर
२०७९ भदौ १४ गते १३:१५

नुवाकोट । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेकी छन् ।
थापाले उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको बताइन् । उनी मंगलबार बिहानैदेखि राप्रपा चुनावी सभामा सक्रिय छिन् ।
‘म अहिले मोरङ–३ कै कार्यक्रममा सक्रिय छु र यही ठाउँबाट चुनाव पनि लड्दैछु,’ उनले भनिन्, ‘म अब सोहीअनुसार अघि बढ्नेछु ।’
उनले यसअघि पनि समानुपातिकमा नलड्ने र प्रत्यक्ष चुनावमै लड्ने समेत बताएकी थिइन् । मोरङ-३ एमाले नेता भानुभक्त ढकाल र कांग्रेस नेता सुनिल शर्माको निर्वाचन क्षेत्र समेत हो ।
सम्बन्धित
प्रतिक्रिया