काठमाडौंका मेयर बालेन एक्सनमा, सुन्धरा र दरवारमार्ग क्षेत्रमा डोजर लगाए
नुवाकोट । काठमाडौं महानगरपालिकाका मेयर वालेन शाह एक्सनमा उत्रिएका छन् ।
महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन उनी आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । महानगर मेयर बालेन्द्र साह आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेसँगै उनको सर्मथन र विरोध दुबै हुन थालेको छ ।
नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन लागि परेका हुन् । उनल बनेका संरचना भत्काउनुअघि सम्बन्धित पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएका छन् ।
महानगरले बुधबार सुन्धरास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनाम डोजर लगाएर भत्काएको छ । बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।
यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउन्डमा आशंका गरेको हो ।
नयाँबानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राण्न्न्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो ।
बुधबार नै मेयर बालेन दरवारमार्ग पनि पुगेका छन् । दरवारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन ।
नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया