सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि समिति गठन
नुवाकोट । सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने विषयमा सहजीकरण र अनुगमनका लागि उच्चस्तरीय समिति गठन भएको छ ।
शहरी विकासमन्त्री मेटमणि चौधरीसहित सरोकारवालाबीच भएको छलफलपछि फोहोर व्यवस्थापन र सिसडोल तथा बन्चरेडाँडाका बासिन्दाको माग पूरा गर्ने सन्दर्भमा सहजीकरण तथा अनुगमन समिति गठन भएको हो ।
शहरी विकासमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा काठमाडौं, नुवाकोट र धादिङका सांसद्हरू सदस्यको रुपमा रहेका छन् । काठमाडौंका सांसद् एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार शहरी विकासमन्त्री मेटमणि चौधरीसँग छलफल भएको र त्यसको दीर्घकालीन समाधानका लागि सहजीकरण र अनुगमन समिति गठन भएको जानकारी दिए ।
‘केही दिनदेखि काठमाडौंको फोहोर उठ्न थालेको छ । अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक छ । फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ,’ सांसद् थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् । र, दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि हिजो सहरी विकास मन्त्रीज्यूको समन्वयमा बैठक बस्यो । बैठकले काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको छ ।’
समितिले स्थानीयबासी र सरकारबीच भएका सम्झौताबमोजिमका कामहरू समयमै पूरा गर्न तीनवटै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्ने जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया