राप्रपा नुवाकोटका अध्यक्ष खड्कीलाई पद छाड्न दबाव
विदुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कुलबहादर खड्गीलाई अध्यक्ष पद छाइनको लागि दबाब बढ्न थालेको छ ।
गत वर्ष असोज ९ गते जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका खड्गीलाई पार्टीभित्रैबाट अध्यक्ष पद छाड्नको लागि दबाब आइरहेको बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका एकतापछिको अधिवेशनमा दुई पक्षबीचको कडा टक्कर परेको थियो। पार्टीको जिल्ला नेतृत्वमा एकताअघिको दलहरूबाट आआफ्नो पक्षको नेतृत्वमा पठाउनको लागि प्रयास हुँदा लम्बिएको जिल्ला अधिवेशन खड्गीलाई स्थानीय तहको निर्वाचनसम्म जिल्ला अध्यक्ष बनाउने र त्यसपछि वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष पद छाड्ने सर्तमा जिल्ला अध्यक्ष बनाइएको राप्रपा क्षेत्र नं १ का क्षेत्रिय कमिटिका सदस्य जनक पाण्डेले बताए ।
स्थानीय निर्वाचन आउन लागेकोले त्यसमा पार्टीको अध्यक्ष नै विदुरको मेयरमा उम्मेदवार हुँदा पार्टी र उम्मेदवारको पनि उपस्थिति बलियो हुने भएकोले खड्गीलाई अध्यक्ष बनाइएको हो ।
म स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवार बन्छु त्यसबेलासम्म अध्यक्ष बन्नेछ। स्थानीय निर्वाचनपछि म पद विमल थापालाईलाई हस्तान्तरण गर्छ भन्नुभयो । अनि त्यही सहमतिमा उहाँ। खड्गी०लाई अध्यक्ष बनाइयोु पाण्डेले भने ।
स्थानीय निर्वाचनपछि विमल थापालाई अध्यक्ष बनाउने सर्तमा थापालाई त्यतीखेर वरिष्ठ उपाध्यक्ष बनाइएको राप्रपाका अर्का एक केन्द्रीय नेताले पनि बताए । खड्गी र थापाको अध्यक्षमा टक्कर परेपछि उल्लेखित सहमति पार्टीका तत्कालिन अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितीमा लिखित सम्झौता भएको थियो ।
स्थानीय निर्वाचनपछि खड्गीले अध्यक्ष छाड़ने सहमतिलाई लिखित रूप दिनेक्रममा तत्कालिन अध्यक्ष डा. लोहनीसहित राप्रका क्षेत्र नं. १ का अध्यक्ष तेज लामा, क्षेत्र नं. २ का अध्यक्ष दीपेश लामा र तत्कालिन केन्द्रीय सदस्य सन्दरप्रसाद पाण्डे लगायत साक्षी रहेका छन् ।
वरिष्ठ उपाध्यक्ष थापा पक्षले भने खड्गीलाई तत्काल अध्यक्ष पद छाड्न दबाब बढाईरहेको छ । सहमति कार्यन्वयन गर्नको लागि क्षेत्रनं. १ को क्षेत्रिय कमितिको बैठकबाट औपचारिक निर्णय नै गर्ने तयारी भईरहेको क्षेत्रिय सदस्य जनक पाण्डे बताउँछन् । थापा पक्षले जिल्ला कमिटिको बैठकमा नै पद हस्तान्तरण गर्नु पर्ने माग गर्दै आएका छन्। तर, अध्यक्ष खड़गीले भने पार्टीलाई सहातिमै अघि बढाउने र सरसल्लाह गरेर निर्णय गर्ने भन्दै आएको थापा पक्षका अर्का एक नेताले बताए ।
आन्तरिक रूपमा गरिएको सहमतिलाई वरिष्ठ उपाध्यक्ष थापा पक्षधरले खड्गीलाई अध्यक्ष छाइन दबाब बढाउने उद्देश्यले पार्टीको घेरोभन्दा बाहिर सार्वजनिक रूपमा चर्चापरिचर्चा गर्न थालेका छन् । उक्त सहमति पत्र डा. लोहनीसँग सुरक्षित रहेको र उक्त सहमतिलाई कार्यन्वयन गराउन थापा पक्षधरले माग गर्न थालेको हो । राप्रपा जिल्ला अध्यक्ष खड्गीले भने यो विषयमा पछि कुरा गरौला भनेर थप प्रतिक्रिया दिन चाहेनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया