बरुण हाइड्रोपावरको हकप्रद निष्काशन खुला
नुवाकोट । बरुण हाइड्रोपावर लिमिटेडले आज (भदौ ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।
हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवालाई स्वागत गर्न सभापति गगन जाँदा आकाश खस्दैन : केसी
देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ





प्रतिक्रिया