साक्षरता अभियान: शिक्षामा लगानी बालुवामा पानी

विदुर खबर २०७५ भदौ १८ गते १:५८

Advertisement

काठमाडौं । सरकारले साक्षरता अभियान घोषणा गरेको एक दशक पुरा भएको छ ।

हरेक वर्ष साक्षर अभियान घोषणा गर्दा दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारले बताउदै आएको थियो । अभियान संचालन गरेको १० वर्ष पुरा हुदा समेत पुर्ण रुपमा उपलब्धी हासिल गर्न सकेको छैन । सरकारले यो वर्ष पनि अबको २ वर्ष भित्र सबै निरीक्षरलाई साक्षर बनाउने घोषणा गरेको छ । तर सरकारको सो घोषणा पुरा हुने सम्भावना कम छ । देशको राजधानी काठमाडौ समेत पूर्ण साक्षर हुन सकेको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आव २०७५÷२०७६ सम्म बाँकी रहेका सबै निरक्षरलाई साक्षर बनाउने निर्णय गरिसकेको छ ।

Advertisement

पछिल्लो तथ्याङक अनुसार मुलुकभर हाल करिब ३ लाख निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समुहका ती जनसंख्या ३० जिल्लामा रहेका छन् ।
सरकारले अभियान संचालन गरेको ७७ जिल्ला मध्य ४७ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । प्रदेश नम्बर ४ का सबै जिल्ला साक्षर घोषणा भैसकेका छन् । प्रदेश २ को कुनैपनि जिल्ला साक्षर हुन सकेको छैन ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले विसं २०६५÷२०६६ सालदेखि सरकारले संचालन गरेको अभियान उपलब्धी मुलक रहेको बताउनुभयो । सबै अभियान भनेकै समयमा सफल नभएका होलान तर साक्षर अभियान सोचेभन्दा बढी सफल भएको छ । अब विसं २०७६ सालदेखि कोही पनि निरक्षर हुन पर्दैन सबैलाई साक्षर बनाएरै छाड्नेछौ–उहाको भनाई थियो ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले हिजो आइतबार आयोजना गरेको कार्यक्रममा निरक्षर रहेका करिब १८ प्रतिशत जनसंख्यालाई दुई वर्ष भित्र साक्षर बनाइसक्ने दाबी गरेको छ । केन्द्रका महानिर्देशक वावुराम पौडेलले अबको अभियानले दुई वर्षभित्र कोहीपनि निरक्षर नहुने दाबी गर्नुभयो ।हालसम्म खुला विद्यालय तर्फ निमावि तहमा ३७ र मावि तहमा ८४ र १ सय ३७ अनौपचारिक पौढ विद्यालयका वटासम्पुर्ण निरक्षर साक्षर भैसकेको उहाको भनाई थियो । ६ सो भन्दा माथी उमेर समुहका ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समुहका ८८ दशमलब ६ र १५ देखि माथी उमेर समुहका ५७ प्रतिशत जनसंख्या साक्षर भैसकेका छन् ।

Advertisement

सरकारले साक्षर अभियान अन्तर्गत हालसम्म करिब ७ अर्ब रुपिया खर्च भैसकेको छ । सरकारले २०६९ सालदेखि १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गरेको थियो ।पछिल्लो समयमा सरकारले विसं २०६९ देखि २०७२ सम्मको अवधीलाई साक्षर नेपाल अभियान भनी सञ्चालन गरेको थियो ।अभियानको पहिलो वर्ष १६ लाख ९३ हजार ९६५ र दोस्रो वर्ष झन्डै १५ लाख नेपालीलाई साक्षर गराउने लक्ष्य लिएको थियो । हालसम्म कति साक्षर भएका छन भन्ने विषयमा यथार्थ तथ्याङ सार्वजनिक गर्न सकेको छैन ।करिब ३ लाख जनसंख्या साक्षर हुन बाँकी रहेको दाबी गरिएतापनि यकिन तथ्याङ दिन सकेको छैन । आव २०६७÷६८ मा देशैभर घरधुरी सर्वेक्षण गरी निरक्षरको नाम नामेसी सहितको लगत तयार गरिएको थियो । विसं २०६८ को राष्ट्रिय जनगणनामा ६५ दशमलव ९ प्रतिशत नागरिक साक्षर रहेको देखिएको थियो भने त्यसपछि साक्षरता बढेको पाइए पनि राष्ट्रिय सर्वेक्षण गरिएको छैन ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही भदौ २३ गते ३९ औं राष्ट्रिय शिक्षा र ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवस को दिन अभियान घोषणा गर्दैछ ।
केन्द्रका निर्देशक टेकनारायण पाण्डेले साक्षरता अभियानलाई सफल बनाउन सबै सरोकारवाला अघि बढ्नुपर्ने बताउनुभयो । महानिर्देशक पौडेलले अब प्रदेश र स्थानीय तहबाटै अभियान सफल पार्नुपर्ने बताउनुभयो । समाचार आजको समाचारपत्र दैनिकमा छ । 

 

प्रतिक्रिया