म तनहुँ क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने हो : पौडेल

विदुर खबर २०७९ भदौ ४ गते ६:५२

नुवाकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।

Advertisement

गृहजिल्ला तनहुँको दमौली पुगेका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्र्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै नेता पौडेलले यसबारेमा सबै नेतासँग समझदारी भइसकेको बताए ।

Advertisement

नेकपा एकीकृत समाजवादी पार्टीले तनहुँ–१ दावी गरेको विषयलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा पौडेलले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि उहाँहरुको दावी नलाग्ने प्रष्ट पारे ।

पौडेलले वर्तमान गठबन्धनको सूत्रधार नै आफै रहेको भन्दै म आफैँ लड्ने भएपछि उहाँहरुको दावी लाग्दैन, पौडेलले भने ।

Advertisement

फरक प्रसङ्गमा पौडेलले पृथ्वीराजमार्ग विस्तारका क्रममा व्यास–१२ घाँसीकुवामा रहेको घाँसीकुवा पार्क र कुवालाई संरक्षण गर्नका लागि पहल गरेको बताए ।

राजमार्ग विस्तारका क्रममा घाँसीकुवा पार्क र कुवा मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको भन्दै उनले सम्बन्धित निकायमा यस विषयमा कुरा भइसकेको बताए ।

“पार्कलाई थप विस्तार गरेर घाँसीको ठूलो मूर्ति बनाउनुपर्छ, पार्क र कुवालाई सुरक्षित राखेर कुनापट्टि भित्ता फोरेर राजमार्ग विस्तार गर्नुपर्छ भनेर भनेको छु”, उनले भने ।

प्रतिक्रिया