नुवाकोटमा सवारी दुर्घटना बढ्दै, तीन वर्षमा ३६ जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ ।
जिल्लामा निजी सवारीसाधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम बढिरहेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष ०७८÷७९ मा जिल्लामा १४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिए । मृतकमध्ये १० जना पुरुष ३ महिला र एक बालिका रहेका छन् ।
यस्तै आथिृक वर्ष ०७६÷०७७ र आ.व ०७७÷७८ मा समान ११÷११ जनाको सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार आथिृक वर्ष ०७८÷७९ मा ८५ सवारी दुर्घटनामा हुँदा ५२ जना गम्भीर घाइते भएका छन् भने २ सय ३५ जना सामान्य घाइते भएका छन् ।
जिल्लामा पछिल्लो समय निजी सवारीसाधनको संख्या वृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सञ्जालको व्यापक विस्तार हुनु र आमसर्वसाधारणमा ट्राफिक नियमसम्बन्धी चेतना भएर पनि हेलचेक्य्राइँ गर्दा सवारी दुर्घटना बढेको खकुरेलले बताए ।
जिल्लामा पछिल्लो सयम तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरबाहीका कारण पनि बढी हुने गरेको छ ।
यस्तै तीव्र गतिमा सवारीसाधन कुदाउने, जथाभावी ओभरटेक गर्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दासमेत दुर्घटना बढेको औँल्याइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया