नुवाकोटमा सवारी दुर्घटना बढ्दै, तीन वर्षमा ३६ जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ ।
जिल्लामा निजी सवारीसाधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम बढिरहेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष ०७८÷७९ मा जिल्लामा १४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिए । मृतकमध्ये १० जना पुरुष ३ महिला र एक बालिका रहेका छन् ।
यस्तै आथिृक वर्ष ०७६÷०७७ र आ.व ०७७÷७८ मा समान ११÷११ जनाको सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार आथिृक वर्ष ०७८÷७९ मा ८५ सवारी दुर्घटनामा हुँदा ५२ जना गम्भीर घाइते भएका छन् भने २ सय ३५ जना सामान्य घाइते भएका छन् ।
जिल्लामा पछिल्लो समय निजी सवारीसाधनको संख्या वृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सञ्जालको व्यापक विस्तार हुनु र आमसर्वसाधारणमा ट्राफिक नियमसम्बन्धी चेतना भएर पनि हेलचेक्य्राइँ गर्दा सवारी दुर्घटना बढेको खकुरेलले बताए ।
जिल्लामा पछिल्लो सयम तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरबाहीका कारण पनि बढी हुने गरेको छ ।
यस्तै तीव्र गतिमा सवारीसाधन कुदाउने, जथाभावी ओभरटेक गर्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दासमेत दुर्घटना बढेको औँल्याइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया