माथिल्लो तामाकोशीले शतप्रतिशत हकप्रद जारी गर्ने
विदुर खबर
२०७९ भदौ ३ गते १५:३०
नुवाकोट । माथिल्लाे तामाकोशीको चौधौ वर्षिक साधारणसभाले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
शुक्रबार सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ। हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ। आर्थिक वर्ष २०७७/७८ मा कम्पनी घाटामा रहेको कारण शेयरधनीलाई लाभांश भने वितरण नगर्ने जनाएको छ।
यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया