माछा मार्ने क्रममा बाबु–छोराको मृत्यु, आमा सख्त घाइते

नुवाकोट । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा तनहुँको कोत्रेमा दुई जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएकी छन् । मृत्यु हुनेमा बाबु र छोरा हुन् भने घाइते भएकी आमा हुन् ।
बिहीबार बेलुकी अन्दाजी साढे ६ बजेतिर तनहुँ शुक्लागण्डकी नगरपालिका वडा न.२ कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका पाल्पा निस्ती गाउँपालिका वडा नं. ५ घर भई हाल शुक्लागण्डकी-२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त दुर्घटनामा चित्रबहादुरकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो सख्त घाइते भएकी छन् ।
करेन्ट लाग्दा तीनै जना सख्त घाइते भएकोमा बाबु र छोराको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
यस्तै, घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया