मैलुङ ए जलबिद्युत आयोजनाको काम असोज पहिलो साताबाट सुरु

विदुर खबर २०७५ भदौ १७ गते ११:१२

 रसुवा, माथिल्लो मैलुङ ए जलबिद्युत आयोजनाको काम असोज पहिलो साताबाट शुरु हुने भएको छ ।

Advertisement

आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गा सुमन जोशीका अनुसार ८५ प्रतिशत निर्माण सम्पन्न भइसकेको भारि वर्षाका कारण असारबाट निर्माण कार्य रोकिएको ६.४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ ए जलविद्युत आयोजना यस वर्ष मनसुन चाढै सुरु भएको कारण निर्माण कार्य प्रभावित भयो अब असोज पहिलो हप्ताबाटै कार्य शुरु गरिने बताइएको छ ।

Advertisement

यस आयोजना रसुवा र धादिङको सीमा सोमदाङमा निर्माण कार्य भइरहेको २०६९ सालदेखि निर्माण सुरु भएको आयोजना धुन्चे स्याफ्रु बेसीसडक मर्मत पहिरोका कारण तत्काल सुरु गर्न नसकिएको र बर्खाको समय र हिउँ पर्ने समयमा निर्माण कार्य ठप्प भएकोले कामपछि सरेको बताइएको छ ।आयोजनाका अनुसार तिन हजार आठ सय ४० मिटर हेडरेस मध्ये ६० मिटर मात्रै निर्माण बाकी रहेको छ भने यहि असोजबाट विद्युत उत्पादन गर्ने लक्ष्य भए पनि विभिन्न अवरोधका कारण दोस्रो पटक म्याद थप गरिएको र अहिले पावर हाउस निर्माण प्रशासन लाइन निर्माण र पेनस्टक जोड्ने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया