पुर्व अर्थमन्त्रि डा. महतद्धारा नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नुवाकोट । पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
डा : महतले बाढी प्रभावित दुप्चेश्वर, तादी र पन्चकन्या लगायतको विभिन्न स्थानमा पुगेर क्षतिग्रस्त संचरनाको अवलोकन गरेका थिए ।
उनले प्रभावितहरुलाई उचित क्षतिपूर्ति र राहात उपलब्ध गराउन स्थानिय सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्ने बताए । राहातको लागि पहिलो प्राथमिकता स्थानिय सरकारले दिनुपर्नेमा त्यो नभएको डा महतले बताए ।
गत बुधवार परेको वर्षाको कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरो आएर कैयो घर र खेती योग्य जमिनमा क्षति पुग्नुका साथै विभिन्न गाउँपालिकाको पुलहरुमा क्षति पुराएको थियो ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, तादी गाउँपालिकाका निर्वतमान अध्यक्ष नारायण पाण्डे, सुर्यगढी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाथोकी, तरुण दल नुवाकोटका सचिव सुवन गिरी लगायतको उपस्थिति रहेको थियो ।




- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया