नुवाकोटमा जय महांकालको कार्यालय उद्घाटन
नुवाकोट । जय महांकाल युवा समुह नुवाकोटको कार्यालय उद्घाटन गरिएको छ ।
बुधवार विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने, जय महांकाल युवा समुहका केन्द्रिय अध्यक्ष लिलानाथ भण्डारी लगायतले कार्यालयको संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले युवाहरुको हात समाजसेवामा लाग्नु सुखल पक्ष रहेको बताए । उनले महांकाल युवा समुहले जिल्लाको विभिन्न ठाउँमा उदाहरणीय काम गरेको बताए ।
यस्तै महांकाल युवा समुह नुवाकोटका अध्यक्ष रवि थपलियाले महांकाल युवा समुहले जिल्लाको विभिन्न मठ–मन्दिरमा पुगेर सरसफाई तथा स्वस्च्छ पानी वितरण गर्नुका साथै दिनदुखीलाई राहात वितरण गरेको बताए ।
महांकाल युवा समुह नुवाकोटले आगामी दिनमा विभिन्न पालिका र वडामा समेत युवाहरुको समुह बनाइ काम गर्ने लक्ष्य लिएको महांकाल युवा समुह नुवाकोटका सचिव कपिल गजुरेलले बताए ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । जय महांकाल युवा समुह नुवाकोट जिल्ला प्रशासन कार्यालय नुवाकोटमा विधिवत रुपमा दर्ता भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया