बञ्चरेडाँडामा नि:शुल्क ढुवानीको साथ ६० ट्रक फोहोर लगिँदै
नुवाकोट । बञ्चरेडाँडामा नि:शुल्क ढुवानीका साथ आज काठमाडौंंको ६० ट्रक फोहोर बिसर्जन गर्न लागिएको छ ।
काठमाडौं महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर लिएर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा गएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् ।
समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले नि:शुल्क ढुवानी गरेको हो । यस्तै नेपाल टिपर तथा टिपर व्यवसायी समितिको १८ वटा टिपरका चालकले एक हजार रुपियाँ ज्याला र डिजेल महानगरले दिएको छ । टिपर भाडा भने नि:शुल्क हो ।
काठमाडौं महानगरपालिकाको अनुरोधमा फोहोर मैला व्यवस्थापन गर्न आज टिपरले नेपाल टिपर तथाक ट्र व्यवसायी समितिले नि:शुल्क फोहोरमैला ढुवानी गर्न सहयोग गरेको समितिले जनाएको छ ।
स्थानीयको अवरोधपूर्ण रुपमा नहटेकाले आज पनि प्रहरी परिचालन गर्दै फोहोर लैजाने प्रवक्ता मानन्धरले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया