बन्चरेडाँडावासीलाई गगन थापाको आग्रह- ‘फोहोर विसर्जनमा अवरोध नगरिदिनुस्’

विदुर खबर २०७९ भदौ २ गते ७:३०

नुवाकोट ।  नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले बन्चरेडाँडाका बासिन्दाहरूलाई फोहोर विसर्जनको क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन् ।

Advertisement

साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सबैले साथ दिन आह्वान गरेका छन् । ‘काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ।अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ।

अतःसिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ, समाधान निकालौँ,’ नेता थापाले भनेका छन् ।

Advertisement

काठमाडौं महानगरपालिकाले फोहोर विसर्जनका लागि बन्चरेडाँडामा फोहोर बोकेका गाडी पठाउँदा स्थानीयले अवरोध गरिरहँदा नेता थापाले यस्तो आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा सक्रिय भएर काम गरिरहेकाले उनलाई साथ दिन पनि आग्रह गरेका छन् ।

‘सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरिरहनुभएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रुपमा विनीत भएर अपिल गर्न चाहन्छु-कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं,’ थापाले भनेका छन् ।

Advertisement

 

प्रतिक्रिया