बन्चरेडाँडावासीलाई गगन थापाको आग्रह- ‘फोहोर विसर्जनमा अवरोध नगरिदिनुस्’
नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले बन्चरेडाँडाका बासिन्दाहरूलाई फोहोर विसर्जनको क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन् ।
साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सबैले साथ दिन आह्वान गरेका छन् । ‘काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ।अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ।
अतःसिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ, समाधान निकालौँ,’ नेता थापाले भनेका छन् ।
काठमाडौं महानगरपालिकाले फोहोर विसर्जनका लागि बन्चरेडाँडामा फोहोर बोकेका गाडी पठाउँदा स्थानीयले अवरोध गरिरहँदा नेता थापाले यस्तो आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा सक्रिय भएर काम गरिरहेकाले उनलाई साथ दिन पनि आग्रह गरेका छन् ।
‘सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरिरहनुभएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रुपमा विनीत भएर अपिल गर्न चाहन्छु-कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं,’ थापाले भनेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया