बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने पक्राउ

नुवाकोट । बन्चरेडाँडामा फोहोर विसर्जन गर्दा अवरोध सिर्जना गर्ने एक जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।
डाँडाभरि स्थानीयहरु रहे पनि १ सय ८० वटा गाडीले फोहोर फालेर फर्किएको बन्चरेडाँडामा रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा एसपी रमेश पण्डितले बताए ।
‘अहिले तनावग्रस्त अवस्था छैन,’ उनले भने, फोहोर गाडीहरुले फालेर गइरहेका छन् । स्थानीयहरू डाँडाबाट हेरिरहेका छन् । खोंच छ । फोन लाग्दैन ।’ स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि करिब २ सय जना प्रहरी परिचालन गरिएको छ ।
फोहोर फालिने स्थलमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटिएका छन् । फोहार व्यवस्थापन गर्नेबारे नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको पनि बैठक बसिरहेको छ ।
बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने क्रममा मंगलबार १ राउण्ड रबरको गोली, ७ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया