बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप, प्रहरीले प्रहार गरेको अश्रुग्यासले एक घाइते
नुवाकोट । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नदिने भन्दै भएको आन्दोलनमा झडप हुँदा एक जना घाइते भएका छन् ।
धुनिबेंसी–१ चिलाउने गाउँ भएका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएको नेपाली कांग्रेस धुनिबेंसी–१ का सभापति पूर्णसिंह तामाङले जानकारी दिए ।
प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल उनको आँखाको माथिल्लो भागमा लागेको तामाङले जानकारी दिए । स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि मनमहोन अस्पताल काठमाडौं ल्याइएको छ । प्रहरीले चलाएको अश्रु ग्यासको सेल लागेर उनी घाइते भएको स्थानीयले जनाएका छन् ।
मंगलबार दिनभर बन्चरे डाँडा ल्यान्डफिल जाने सडकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको थियो । महानगरपालिकाका अनुसार १ सय ८६ वटा गाडीले बन्चरे डाँडामा फोहोर विसर्जन गरेका छन् ।
बिहानैदेखि सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको अगुवाइमा आन्दोलन सुरु भएपछि फोहोर बोकेका गाडीहरु दिउँसो २ बजे मात्रै पुगेका थिए ।
स्थानीयले सुरुमा ५ वटा गाडीलाई फोहोर विसर्जन गर्न दिएका थिए । त्यसपछि बन्चरेडाँडा माथिबाट प्रहरी र फोहोर बोकेको गाडीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।
केही बेर प्रदर्शन भएपछि प्रहरीको टोली डाँडामा गएपछि प्रदर्शनकारीहरु तितरवितर भएका थिए । त्यसपछि सुरक्षा दिएर फोहोर विसर्जन गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया