चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धी हुने
नुवाकोट । नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धी हुने प्रक्षेपण गरेको छ ।
राष्ट्र बैकले जारी गरेको देशको बर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीती दर ६ दशमलव ३२ प्रतिशत रहेको उल्लेख गरेको छ ।
बैकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४ दशमलव ७ प्रतिशत र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष आयात २८ प्रतिशत र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको जनाएको छ ।
राष्ट्र बैकले बिप्रेषण प्रवाह नेपाली रुपियाँमा ४ दशमलव ८ प्रतिशत र अमेरिकी डलर २ दशमलव २ प्रतिशतले बढेको जनाएको छ । मुलुकको शोधान्तरस्थिती २५५ अर्व २६ करोडले घाटामा रहेको उल्लेख गरेको छ ।
अघिल्लो बर्ष शोधान्तर स्थिती १ अर्व २३ करोडले बचतमा रहेको थियो । राष्ट्र बैकको पछिल्लो प्रक्षेपणले मुलुकको अवस्था डरलाग्दो अवस्थामा पुगेको अर्थबिज्ञहरुले बताएका छन ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर मात्रै रहेको छ । उक्त सञ्चिति ६ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र सक्ने अवस्था रहेको बैकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३ दशमलव १ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४६ खर्ब २१ अर्ब पुगेको पनि बैकले जनाएको छ ।
बैकका अनुसार कृषि क्षेत्रको वृद्धि २ दशमलव ३० प्रतिशत, उद्योग क्षेत्रको १० दशमलव १९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ५ दशमलव ९३ प्रतिशत रहेको अनुमान बैकले गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २३ दशमलव ९५ प्रतिशत, १४ दशमलव २९ प्रतिशत र ६१ दशमलव ७६ प्रतिशत रहेको छ
आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ९ दशमलव २७ प्रतिशत पुगेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २९ दशमलव ३७ प्रतिशत र ३१ दशमलव ९५ प्रतिशत रहेको राष्ट्र बैकले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा कुल विद्युतको जडित क्षमता वृद्घि भई २१८९ दशमलव ६ मेगावाट पुगेको छ । जसमध्ये जलविद्युत २०७५ दशमलव ४ मेगावाट, सोलार ५४ दशमलव ८ मेगावाट, कोजेनेरेसन ६ दशमलव ० मेगावाट र थर्मल ५३ दशमलव ४ मेगावाट विद्युत जडित क्षमता रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको पनि बैकले उल्लेख गरेको छ । पर्यटक संख्या ३ लाख ७०हजार ९सय ६ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा उक्त संख्या ७० हजार १ सय २३ रहेको पनि बैकले जनाएको छ ।
बैकले गत असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ८ प्रतिशत रहेको जनाएको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६ दशमलव १३ प्रतिशत, ९ दशमलव ९२ प्रतिशत, ९ दशमलव ८४ प्रतिशत र ८ दशमलव ५७ प्रतिशत रहेको बैकले उल्लेख गरेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५ दशमलव ८२ प्रतिशत, ८ दशमलव ७८ प्रतिशत, ७ दशमलव ९ प्रतिशत र ६ दशमलव ६८ प्रतिशत रहेको पनि बैकले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६ दशमलव ८९ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव ८१ प्रतिशत रहेको पनि बैकले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६दशमलव ८३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति २ दशमलव ५१ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत मुद्रास्फीति ९दशमलव ३ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको पनि बैकले जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५ दशमलव ७३ प्रतिशत, तराईमा ६ दशमलव ४१ प्रतिशत, पहाडमा ६ दशमलव ८७ प्रतिशत र हिमालमा ६ दशमलव७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ३ दशमलव ३३ प्रतिशत, ३ दशमलव ६८ प्रतिशत, ३ दशमलव ८७ प्रतिशत र २ दशमलव ८७ प्रतिशत रहेको थियो ।
गत असार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ८ प्रतिशत रहेको छ । सन्२०२२ जुलाई महिनामा भारतको यस्तो मुद्रास्फीति ६ दशमलव ७१ प्रतिशत रहेको पनि बैकले उल्लेख गरेको छ ।
चालु आर्थिक बर्षमा वार्षिक औसत थोक मुद्रास्फीति ९ दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७ दशमलव ६१ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षमा वार्षिक औसत तलव तथा ज्यालादर सूचकाङ्क ६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क १ दशमलव ६० प्रतिशतले वृद्धि भएको थियो ।
वैदेशिक व्यापार
आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१ दशमलव ७ प्रतिशतले वृद्धि भई २०० अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा वर्षमा कुल वस्तु आयात २४ दशमलव ७ प्रतिशतले वृद्धि भई १९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव ७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३ दशमलव ५ प्रतिशत, १३दशमलव २ प्रतिशत र ३६ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७ दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९ दशमलव २ प्रतिशत रहेको राष्ट्र बैकले जनाएको छ ।
समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २१३ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात १९० अर्ब ५४ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
वृहत्त आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०७८÷७९ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७ दशमलव ५ प्रतिशत र ५२ दशमलव ४ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ० दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः २८ दशमलव ६ प्रतिशत, ० दशमलव ४ प्रतिशत र ७१ दशमलव १ प्रतिशत रहेको थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा गत असार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ९ दशमलव ३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २१ दशमलव ६ प्रतिशतले बढेको छ । २०७८ असार महिनामा ३ दशमलव ४ प्रतिशतले घटेको व्यापारको शर्त गत असार महिनामा १० दशमलव १ प्रतिशतले घटेको छ । समिक्षा वर्षमा व्यापारको शर्त ४ दशमलव ९ प्रतिशतले घटेको पनि राष्ट्र बैकले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा खुद सेवा आय १०८ अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको थियो । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ३४६ दशमलव ५ प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ अर्ब २७ करोड रहेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४ दशमलव ८ प्रतिशतले वृद्धि भई.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव २ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८ दशमलव २ प्रतिशतले बढेको पनि बैकले जनाएको छ ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२ दशमलव ८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८ दशमलव ५ प्रतिशतले वृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६ दशमलव ८ प्रतिशतले घटेको थियो ।
शोधनान्तर स्थिति
आर्थिक वर्ष २०७८/७९ मा चालु खाता ६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।
समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई ९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ दशमलव ९ प्रतिशतले कमी आई .१८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रहेको थियो ।
समीक्षा वर्षमा शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।
विदेशी विनिमय सञ्चिति
२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव १ प्रतिशतले कमी आई गत असार मसान्तमा १२१५
अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा गत असार मसान्तमा १८ दशमलव ९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ८ महिनाको वस्तु आयात र ६ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५ दशमलव १ प्रतिशत, ५७ दशमलव ८ प्रतिशत र २२ दशमलव १ प्रतिशत रहेको छ ।
बाह्य लगानी स्थिति
गत असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १३३० अर्ब ६५ करोड तथा दायित्व १५८८ अर्ब २७ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २५७ अर्ब ६२ करोडले घाटामा रहेको छ । २०७८ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ८० अर्ब १२ करोडले बचतमा रहेको थियो ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा २०७८ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७४ दशमलव ५३ रहेको कच्चा पेट्रोलियमको मूल्य गत असार मसान्तमा ५० दशमलव ६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११२ दशमलव २६ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया