धादिङमा एक महिलामा देखियो हैजा

नुवाकोट । धादिङमा एक महिलामा हैजा देखिएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २ सिम्लेकी महिलामा हैजा देखिएको हो ।
साउन २९ गते झाडाबान्ता भई उपचारका क्रममा टेकु अस्पताल काठमाडौँ पुर्याइएकोमा हैजा पुष्टि भएको हो । अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिए ।
हैजा देखिएपछि मंगलबार बिहान धादिङबेंसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत खटाइने निर्णय गरिएको छ ।
पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । पिउने पानीको नमुना संकलन गरी पानीको गुणस्तर परिक्षण गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया