धादिङमा एक महिलामा देखियो हैजा
नुवाकोट । धादिङमा एक महिलामा हैजा देखिएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २ सिम्लेकी महिलामा हैजा देखिएको हो ।
साउन २९ गते झाडाबान्ता भई उपचारका क्रममा टेकु अस्पताल काठमाडौँ पुर्याइएकोमा हैजा पुष्टि भएको हो । अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिए ।
हैजा देखिएपछि मंगलबार बिहान धादिङबेंसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत खटाइने निर्णय गरिएको छ ।
पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । पिउने पानीको नमुना संकलन गरी पानीको गुणस्तर परिक्षण गर्ने निर्णय गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया