धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु
विदुर खबर
२०७९ साउन ३१ गते १९:०९
नुवाकोट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुल नजिकै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको ट्रेलरले वाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा जिपमा सवार २ जनाको मृत्यु भएको हो ।
जिपमा सवार धादिङ ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।
दुर्घटनामा ट्रेलरका चालक र सहचालक पनि घाइते भएका थिए । सामान्य उपचारपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत राति भएको दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया