धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु
विदुर खबर
२०७९ साउन ३१ गते १९:०९

नुवाकोट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुल नजिकै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको ट्रेलरले वाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा जिपमा सवार २ जनाको मृत्यु भएको हो ।
जिपमा सवार धादिङ ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए ।
दुर्घटनामा ट्रेलरका चालक र सहचालक पनि घाइते भएका थिए । सामान्य उपचारपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत राति भएको दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया