प्रहरीले सुरक्षा नदिएको भन्दै बाटोमै रोकिए फोहोर बोकेका गाडी
विदुर खबर
२०७९ साउन ३१ गते १९:०२
नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर बोकेर वञ्चरेडाँडा गएका गाडीहरू फेरि बाटोमै रोकिएका छन्।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार प्रहरीले सुरक्षा नदिएको भन्दै गाडी चालकहरुले बाटोमा नै गाडी रोकेका हुन्।
‘फोहोर फाल्नको लागि विभिन्न प्रतिरोध हुँदै आएको थियो। आज फेरि चालकहरूले सुरक्षाको लागि प्रहरी नआएको भन्दै गाडी रोकेका छन्,’ उनले भने ‘हिजो अस्तीसम्म प्रहरीले फोहोर लैजाने गाडीहरूलाई सुरक्षा दिने गरेको थियो।
आज प्रहरी गएको थिएन। तर अहिले भने प्रहरीको टोली आलेटार पुगेको खबर आएको छ।’
महानगरका अनुसार फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न





प्रतिक्रिया