इन्धनको मुल्य घट्यो, निगम अझै घाटामा
विदुर खबर
२०७९ साउन ३१ गते १८:०९

नुवाकोट । भारतबाट पुनः इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।
यो सँगै भारतबाट तेस्रो पटक इन्धनको मूल्य घटेर आएको छ । तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य घटाएको छैन ।
यस अघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस्तै साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।
मुल्य घटेर आएसँगै अहिले निगम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया