प्रहरी सुरक्षामा नुवाकोटको बन्चरेमा फोहोर विसर्जन
नुवाकोट । काठमाडौं महानगरपालिकाले नुवाकोटको बन्चरेडाँडामा प्रहरी परिचालन गरी सोमबार फोहोर विसर्जन गरेको छ ।
काठमाडौं, धादिङ र नुवाकोटका करिब २ सय ५० प्रहरी परिचालन गरिएको थियो । फोहोर व्यवस्थापनलाई सहज बनाउन प्रहरी परिचालन गरिएको नुवाकोटका एसपी रमेश पण्डितले जानकारी दिए । महानगरका अनुसार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको हो ।
प्रहरी परिचालन गरेर लगिए पनि केही समूहले लुक्दै गुलेली हानेर अवरोध सिर्जना गरेको महानगर प्रमुख बालेन्द्र शाहले फेसबुकमा उल्लेख गरेका छन् । फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको भन्दै उनले लेखेका छन्, ‘यसका गहिरा र अलग्गै कारणहरू छन् ।
नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’
सत्तारूढ दलका स्थानीय नेताहरूले नै बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै आइतबार विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीाक कार्यकर्ताहरूले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो ।
गत सोमबार राति बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीमा तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएका १४ वटा टिपरमा तोडफोड भएको महानगरले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया