प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन
नुवाकोट । काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ ।
काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो । नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।
सोमबार बिहान सत्तारुढ कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध गरिएको थियो । दिउँसोसम्म उक्त अवरोध हटाइएको छ ।
बन्चरे डाँडाको नजिकै पुगेका ६२ वटा टिपरलाई उनीहरूले फोहोर विसर्जन गर्न दिए पनि त्यहीँ रोकेर राखेका थिए ।त्यस क्रममा फोहोर बोकेका करिब सय वटा टिपरहरू बाटोमै राकिएका थिए । प्रहरी परिचालन गरेपछि आन्दोलनकारीहरू सडकबाट भागेका हुन्।
नेकपा माओवादी केन्द्र धुनिबेंसी–१का वडाध्यक्ष विष्णु तामाङले आफूहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘राज्यले कतिदिनसम्म प्रहरी परिचालन गर्छ हेर्छौं’ भन्दै आन्दोलनको स्वरुपम परिवर्तन गर्ने चेतावनी दिएका छन् । उनले आफूहरूले शान्तिपूर्ण रुपमा गरिरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको बताए।
‘हामीले बिहान ६२ वटा ट्रकलाई फोहोर विसर्जन गर्न दिएका थियौं । अन्यलाई ढाडे बजारमा रोका थियौं । शान्तिपूर्णमा रुपमा हामीले गरिरहेको आन्दोलनमा धेरै प्रहरी परिचालन गरेर दमन गर्न खोजिएको छ,’ तामाङले भने ।
तामाङका अनुसार बन्चरे डाँडा डम्पिङ साइट आसपासका डाँडामा प्रहरीको उपस्थिति छ । एसपी पण्डितले भने सकडमा अवरोधक राखिएपछि साइट क्लियर गराउन प्रहरी परिचालन गरिएको जनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया