मंसिर ३ गते १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
विदुर खबर
२०७९ साउन २९ गते २१:२०
नुवाकोट । निर्वाचन आयोगले मंसिर ३ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने जनाएको छ।
तर यसका लागि साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेको हुनुपर्ने आयोगको भनाइ छ।
‘मिति २०७९/०४/१९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये निर्वाचन हुने अघिल्लो दिन (२०७९/०८/०३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने छन्,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस अघि आयोगले आउँदो मंगसिर ४ गते संघीय तथा प्रदेश सभाहरुको चुनाव हुने मिति घोषणा गरिसकेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया