चीनले रसुवागढी नाकाबाट निर्यात रोक्यो
नुवाकोट । चीनले आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेको छ ।
कोरोनाका कारण तीन वर्षयता निर्यात ठप्प र आयात प्रभावित भइरहेको रसुवागढी नाका फेरि बन्द भएक छ । तिब्बत क्षेत्रमा कोरोना संक्रमण फेरि बढेपछि चीनले आइतबारदेखि रसुवागढी नाकाबाट हुने निर्यात रोकेको हो ।
रसुवागढी नाकाबाट शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए ।
‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन, आयात ठप्प छ,’ उनले भने, ‘रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३० महिना भयो । मानिसको आवतजावत पनि बन्द छ ।’ चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी भने नआएको मैनालीले जनाए । तिब्बततर्फ कोरोना संक्रमण देखिएको अपुष्ट जानकारी आएको उनको भनाइ छ ।
आयात रोकिनुअघिसम्म नाकाबाट प्रतिदिन बढीमा १४ चिनियाँ कन्टेनर सामान आयात भइरहेको थियो । नाका बन्द भएपछि व्यापारीका सामान तिब्बतमै रोकिएका छन ।
नेपाल ल्याउन लोड भएका सामान केरुङमा रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘नेपाली ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो,’ उनले भने, ‘ती कन्टेनरमा तीज र दसैंका सामान लोड थिए ।’
तिब्बतमा कोरोना बढेपछि त्यहाँका सरकारी कार्यालय र विद्यालय पनि बन्द भएको अनौपचारिक जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीको भनाइ छ । तिब्बत सरकारले पहिलो चरणमा आठ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको उनले बताए ।
चीनको वुहानसहित विभिन्न प्रान्तमा कोरोना फैलिएको भन्दै चिनियाँ पक्षले नाका बन्द गरेको हो ।
पछिल्लो समय तातोपानी नाकाबाट स्याउ र हाइड्रोपावरका उपकरणजस्ता सामग्री प्रतिदिन आठ कन्टेनर भित्रिरहेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया