नुवाकोटमा कांग्रेस र एमाले परित्याग गरी ५० जनाभन्दा बढी माओवादी प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाउँपालिका १ मा कांग्रेस, एमाले, राप्रपा परित्याग गरी ५० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सूर्यगढी गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल ) को वडास्तरीय भेला तथा प्रशिक्षणको उद्घाटनका क्रममा बिहीबार उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
कांग्रेसबाट श्री लामा लगुंर, मंगले तामाङ, जयराम तामाङसहित २७ जना, एमालेबाट नवराज तामाङ, सेतीमाया नेपाली, मोतीलाल तामाङसहित २१ र राप्रपाबाट कविता नेपाली, अनिल तामाङलगायत ३ जना छन् ।
नवप्रवेशीलाई माओवादी केन्द्रका नेता तथा सांसद हितबहादुर तामाङ, माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेलगायतले स्वागत गर्नुभयो । प्रमुख अतिथिसमेत रहनुभएका सांसद तामाङले आउँदो आमनिर्वाचनमा सफल पार्नका लागि सक्रिय भूमिका निर्वाह गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य सुवास तामाङ, केन्द्रीय विपद व्यवस्थापन विभागका सदस्य सुजन गिरी, माओवादी केन्द्र नुवाकोटका संयोजक लामिछाने, वाईसीएल नुवाकोटका इन्चार्ज सुरज तामाङ, माओवादी केन्द्र सूर्यगढी गापाका सचिव पुरुषोत्तम अधिकारी, वडाअध्यक्ष राजकुमार तामाङ, सूर्यगढी– काठमाडौं सम्पर्क समन्वय कमिटीका संयोजक केशर कुँवर, गाउँपालिका सदस्य सुरज तामाङ, वाईसीएल सूर्यगढीका संयोजक रवीन्द्र गोले लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया