तारकेश्वर गाउँपालिकाको प्रशासकिय भवन निर्माण शुरु हुने

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको प्रशासकिय भवन निर्माण शुरु हुने भएको छ ।
रेहेलछापमा बन्ने गाउँपालिकाको भवन सुविधा सम्पन्न हुने गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
बुधवार गाउँपालिका अध्यक्ष शिव अधिकारी, उपाध्यक्ष हरि रिमालले एक कार्यक्रमकाबीच पालिकाको सुबिधा सम्पन्न भवन निर्माण गर्ने सम्झौता गरेका हुन् ।
योसंगै अब तारकेश्वर गाउँपालिका वडा नम्बर १ रेहेलछापमा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण हुनेछ । निर्धारीत समयमै निर्माण कार्य सम्पन्न गर्न सबैको साथ र सहयोग रहनुपर्ने अधिकारीले बताए ।
यसैविच तारकेश्वर गाउँपालिकाको सेवा अब दानसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाट शुरु भएको छ ।
यससँर्गै तारकेश्वर गाउँपालिकाको कार्यालय भवन वडा नं १ दानसिङस्थित दशैडाँडामा स्थानान्तरण गरिएको छ । यसअघिसम्म भाडाको भवनमा कार्यालय रहेकोमा गाउँपालिकाले सामुदायिक भवनको मर्मत संभार गरी त्यहीबाट सेवा सुरु गरेको हो ।
आज गाउँपालिका अध्यक्ष शिव अधिकारीले एक कार्यक्रमकाबीच कार्यालय भवनको उद्घाटन गर्नुका साथै सेवाको समेत शुभारम्भ गरेका थिए । सामुदायिक भवनमा प्रयाप्त पार्किङ, शौचालय, पानीलगायतका सबै सेवासुविधा छन ।
भौतिक संरचना समेत राम्रो रहेकाले नागरिकको सेवाका आगामी दिनमा थप सहज र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष अधिकारीले विश्वास लिएका छन् ।
यो सामुदायिक भवनमा कार्यालय सारेसँगै गाउँपालिकाले यसअघि बार्षिक ८ लाख रुपैयाँ कार्यालय भाडा तिर्दै आएकोमा त्यो रकम समेत बचत हुन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया