नायक भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

विदुर खबर २०७९ साउन २६ गते १८:५१

नुवाकोट । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको योग्यता नपुग्ने भन्दै उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

Advertisement

केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नरेश पौडेललगायतले उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिटमाथि साउन ३० गते प्रारम्भिक सुनुवाइ हुनेछ ।

अध्यक्ष पदका लागि १० जना आका‌ंक्षी थिए । १० जनको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

Advertisement

पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधानसभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोजेको थियो ।

तर पार्टीभित्र चर्को विरोध भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि उनको नाम कहिले राप्रपा त कहिले उन्नत लोकतन्त्र पार्टीसँग जोडिएको थियो । पछिल्लो समय कांग्रेसमा प्रवेश गरेपछि सरकारले उनलाई बोर्डमा नियुक्ति गरेको थियो ।

Advertisement

 

प्रतिक्रिया