नायक भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
नुवाकोट । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको योग्यता नपुग्ने भन्दै उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नरेश पौडेललगायतले उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिटमाथि साउन ३० गते प्रारम्भिक सुनुवाइ हुनेछ ।
अध्यक्ष पदका लागि १० जना आकांक्षी थिए । १० जनको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।
पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधानसभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोजेको थियो ।
तर पार्टीभित्र चर्को विरोध भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि उनको नाम कहिले राप्रपा त कहिले उन्नत लोकतन्त्र पार्टीसँग जोडिएको थियो । पछिल्लो समय कांग्रेसमा प्रवेश गरेपछि सरकारले उनलाई बोर्डमा नियुक्ति गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया