संघर्ष, त्याग र मेहनतको आधारमा टिकट बितरण हुनुपर्छ: पोखरेल

विदुर खबर २०७९ साउन २६ गते ९:०७

सिन्धुली । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने घोषणा गरे लगत्तै अन्य जिल्ला जस्तै सिन्धुलीमा पनि प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्य पदका सम्भाबित उम्मेदवारहरुको चर्चा-परिचर्चा सुरु हुन थालेको छ ।

Advertisement

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेसङ्गै जिल्लाको हरेक क्षेत्रलाई प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले छोइसकेको छ । अब राजनीतिक दलका सम्भावित उम्मेदवारको चर्चा साथै मतको जोडघटाउ हुन थालिसकेको छ । साच्चिकै भन्नुपर्दा प्रदेश तथा प्रतिनिधि सभामा एकपटक पठाइसकेका सांसदहरुको हकमा निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्नमा उनीहरूको भूमिका कस्तो रह्यो, त्यसको मूल्यांकन मतदाताले गर्ने बेला यहि हो ।

विभिन्न दलबाट सम्भाबित उम्मेदवारहरुको राजनैतिक तथा सामाजिक क्षेत्रमा उसको योगदान कस्तो अबस्थामा छ त्यो बिगतलाई झकझक्याउने उपयुक्त समय पनि मतदाताको लागी यहि नै हो । विभिन्न आन्दोलन र संगठन बिस्तारको लागी महत्वपूर्ण योगदान गरेको ब्यक्ती अबसरबाट सधै बिमुख भइरहनुपर्ने परिस्थितिको पाटोबाट यसपालीको निर्वाचनमा पार्टिले बितरण गर्ने टिकटमा कत्तिको सजगता देख्न सकिन्छ ? त्यो भने देख र हेरको अबस्थामा छ ।

Advertisement

यहा योगदान, क्षमता र कुशलता भएकाले अवसर पाउन नसक्नु यथार्थता हो र यो कारण ले नै रास्ट्रको बिकास रोकिएको छ । चुनाव भन्दा अघि क्षमता र योगदानका कुरा गर्ने ब्यक्ति बिभिन्न प्रलोभनमा परेको हामि सजिलै देख्न सक्छौ । देश र समाजको लागि योगदान दिने ब्यक्ति को कदर नभए पछि कसरि देश बिकास हुन्छ ? अझ शिक्षित मानिने युवा पुस्ता र नेतृत्व नै प्रलोभनमा परि कुकर्म तिर लाग्नु देशको लागि अर्को दु:खद कुरा हो ।

तर, जो कोहिलाई आधार मानेर हेर्दा पार्टिको लागि गरेको संघर्ष, त्याग र मेहनतको आधारमा निष्पक्ष भएर टिकटको बितरण गरिनुपर्ने धारणा राख्नुहुन्छ नेपाली काङ्ग्रेस सिन्धुलीका नेता दिपककुमार पोखरेल ।

Advertisement

सामाजिक स्तरमा आफ्नो सकारात्मक पहिचान स्थापित गरेर पार्टिको कुनै पदमा लोभ लालच नराखी एउटा पार्टिलाइ ब्यबस्थित र मर्यादित बनाउन जो दशकौंदेखि बिना स्वार्थ लागिरहेको छ, त्यस्तो ब्यक्तीलाई मुल्यांकन गरेर अब पार्टिको टिकट बितरण हुनुपर्ने उहाँको भनाइ छ । स्थानिय तहका आम नागरिक संग भिजेर उनिहरुका सुखदुःख संग सधै रहने ब्यक्तीलाई छोडेर टिकटको लागी नेताको हात समाउने अहिलेको जुन गलत खालको प्रवृत्ति छ त्यसलाई न्यूनीकरण गर्दै साच्चै जनताको साथमा सदैब रहने अभियन्ताले अबसर पाउनुपर्ने उहाँको धारणा छ ।

तर, यहाँ अबसरको लागी हरेक आन्दोलनबाट भाग्ने, कुनैपनी अबसरको लागी नेताको पाँउ पर्ने, आफ्नो ब्यक्तिगत स्वार्थको लागी आफुले प्राप्त गरेको पदको दुरुपयोग गर्ने यस्ता गलत प्रवृत्तिको सदैव बिरोध गर्ने आफ्नो ब्यक्तिगत स्वभावको कारणले पनि आफुले कुनै जिम्मेवारी नपाएको पोखरेलको प्रतिक्रिया छ ।

२००७ सालदेखि ०६२-०६३ सम्मको जनआन्दोलनसम्मको नेतृत्व गरेको कांग्रेसले कहिले एकल तथा कहिले अन्य पार्टीसँग मिलेर बारम्बार सरकारको बागडोर सम्हालिसकेको छ । अहिले पनि सरकारको नेतृत्वमा कांग्रेस नै छ । तर, तत्कालिन समयमा जुन जति आन्दोलन काङ्ग्रेसको नेतृत्वमा भइरहेको छ यस्ता आन्दोलनको अगुवाइ गर्ने ब्यक्ती या समूह सधै ओझेलमा पर्ने गरेको तितो यथार्थ हो ।

पोखरेलकै कुरा गर्नुपर्दा २०४७ साल देखि कांग्रेस नेतृत्वको आन्दोलनमा सदैव अग्रडी भुमिकामा रहनुभएका र बहुदलिय व्यवस्था पछि काङ्ग्रेसको लडाकुको रुपमा स्थापित तर, सधै कम्युनिष्टको आखाको तारोको रुपमा रहनुभएका पोखरेल पार्टिको विभिन्न आन्दोलनमा पटक-पटक प्रहरीको गिरफ्तारिमा पर्नुभयो ।

बहुदलिय ब्यबस्था परास्त गर्नको निम्ति गरिएको आन्दोलन होस, राजतन्त्र बिरुद्धको आन्दोलन होस या ०६२-६३ को सशस्त्र जन-आन्दोलन होस ती आन्दोलनको पहरेदार बनेर सधै बिद्रोहिको सामु उभिने नेतृत्वलाई सधै अबसरबाट बन्चित गरिनु दुर्भाग्य हो । यसको एउटा ज्वलन्त उदाहरण हुन दिपककुमार पोखरेल ।

पोखरेलले लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागी भएका विभिन्न चरणबद्ध आन्दोलनहरुको नेतृत्वदायी भुमिका निर्वाह गरेका छन । राजनैतिक रुपमा सधैब अग्रभागमा रहेर विभिन्न आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गरेका पोखरेल जिल्ला लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष र विभिन्न सामाजिज संघसंस्थाको नेतृत्वकर्ता समेत भएर काम गरेका छन ।

जिल्लामा खासगरी विभिन्न आन्दोलन तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरेका र जिल्लाको खेलकुद क्षेत्रको समेत सर्वाङ्गिण बिकासको लागी महत्वपुर्ण योगदान पुर्याएका पोखरेलले यदि पार्टिले बिस्वास गरेर टिकट दिएको खण्डमा सिन्धुली निर्वाचन क्षेत्र नम्बर – २ को प्रदेशसभा (क) बाट प्रदेश सभा सदस्य पदको लागी आफ्नो उम्मेदवारी रहने र आफुले जितेर देखाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले कहिल्यै पनि पार्टिमा पदको लोभ गरिन, मैले कहिल्यै पनि मलाइ पार्टिबाट यो अबसर चाहिन्छ भनिन तर, पार्टिको आबस्यक्ता अनुसार सधै मैले ज्यानको बाजि थापेर लडिरहे ।’ तर, मैले नबोलेरै नखोजेरै कहिल्यै कुनै ठाउमा अबसर पाइन । मलाई लाग्थ्यो मैले गरेको योगदान सम्झेर पार्टिले मलाई मुल्यांकन गर्छ । तर, म गलत रहेछु काहीं कतै बसेर सेवा गर्नको लागी पनि आफुले खोज्नुपर्ने रहेछ ।

त्यसैले, मैले मेरो पार्टिमा देखाएको क्रियाशिलताको आधारमा, विभिन्न आन्दोलन तथा अफ्ट्यारो परिस्थितिमा मैले गरेको योगदानको आधारमा मलाइ पार्टिले जिम्मेवारी दिएको खण्डमा एकपटक सामाजिक क्षेत्रमा बसेर देशको सेवा गर्ने इक्छा छ ।’

प्रतिक्रिया