बर्षाले नुवाकोट क्षेत्र नं १ मा व्यापक क्षति, डा. महतद्धारा उद्धार, राहत र क्षतिपूर्तिको अनुरोध
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतज्यूले गएराती परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “गएरातिको अविरल बर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको छ । म यस प्राकृतिक प्रकोपबाट पुगेको क्षति प्रति दुःख व्यक्त गर्दछु ।”
कांग्रेस प्रवक्ता महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्दारकार्यमा लाग्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।
पूर्वमन्त्री डा.महतले भन्नुभएको छ,“जोखिमयुक्त क्षेत्रमा रहनुभएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।”
उहाँले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ ।
कांग्रेस प्रवक्ता डा.महतले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक,पुल,खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिध्र मर्मत,संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गर्नुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवालाई स्वागत गर्न सभापति गगन जाँदा आकाश खस्दैन : केसी
देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ





प्रतिक्रिया