नुवाकोटका प्रहरी प्रमुख पण्डितले कार्यभार समाले
विदुर खबर
२०७९ साउन २४ गते २२:०१

नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रमेश पण्डितले कार्यभार समालेका छन् ।
मंगलवार जिल्ला प्रहरी कार्यालय नुवाकोटले उनको स्वागत गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्र अनुसार उनी नुवाकोटमा काजको रुपमा हाजिर हुन आएका हुन् ।
यसअघि नुवाकोटका प्रहरी प्रमुख राम प्रकाश शाहलाई गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाण्डौ लागि काज सरुवा भएका थिए ।
पण्डित यसअघि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत रहेका थिए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया