सिट बाँडफाँड नहुँदै नुवाकोटमा कांग्रेस र माओवादीविच लफडा सुरु

विदुर खबर २०७९ साउन २४ गते २०:४६

नुवाकोट । सरकारले आगामी मङ्सिर ४ मा चुनावको मिति घोषणा गरेपछि नुवाकोटमा गठबन्धन दलबीच कसले टिकट पाउने भन्ने होडबाजी सुरु भएको छ ।

Advertisement

दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लामा यस अघि एमाले-माओवादी गठबन्धनले जितेको थियो । अहिले ठिक त्यसको बिपरित काँग्रेस-माओवादी गठबन्धन भएपछी काँग्रेस र माओवादी दुबैले टिकटमा आ-आफ्नो दावी गरिरहेका छन् । केन्द्रमा सिटको बाडफाड नटुंगिदै नुवाकोटमा निर्वाचनमा सङ्घीय सांसदमा उम्मेदवार बन्नेहरूको चर्चा सुरु भएको छ ।

नुवाकोटमा बिशेष गरि काँग्रेसमा राजनीतिमा ठुलो प्रभाव राख्ने  केन्द्रीय सदस्यहरू धेरै छन् । डा.रामशरण महतले प्रत्यक्ष निर्वाचननलड्ने भएपछी डा.प्रकाश शरण महत जाने लगभग निश्चित भैसकेको छ ।

Advertisement

डा.प्रकाश शरण महत पार्टी सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवाको बिश्वास पात्र समेत रहेकाले उनलाई टिकटमा कुनै समस्या देखिंदैन । डा.महत प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उमेद्द्वार बन्नेछन । उता प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट अहिले सांसद रहेका माओवादी केन्द्रका नेता हित बहादुर तामाङ पनि सोहि क्षेत्रमा चुनावी दौडमा रहेका छन् ।

उनि बहालवाला सांसद भएकाले उनको दावी स्वाभाविक नै मानिन्छ । उता अर्जुननरसिंह केसीले क्षेत्र नम्बर २ बाट नै चुनाव लड्ने अडान राखिरहेका छन् । नुवाकोटमा गठबन्धन हुँदा कांग्रेस र माओवादीले एक क्षेत्रमा पाउनेछन । अहिले नुवाकोटमा  कसले टिकट पाउँला र कसले जित्ला आ-आफ्नै तर्कसहित चर्चा सुरु भएको देखिन्छ ।

Advertisement

पहिलोपटक प्रत्यक्ष निर्वाचन आफ्नो जिल्लामा लड्ने तयारी गरेका प्रकाश शरण महतलाई माओवादी नेता हितबहादुर तामाङसंगै आफ्नै पार्टीका नेता अर्जुन नरसिंह केसी चुनौती रहेका छन् भने माओवादी नेता हितबहादुर तामाङलाई पनि कांग्रेसका दुइ नेता केसी र महतको नै चुनौती रहेको छ । त्यस्तै केसीको लागि पनि उही चुनौती रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र १ मा तामाङ र महतको चर्चा

नुवाकोटको क्षेत्र नम्बर १ अहिले माओवादीले जितेको छ । तर  माओवादीले जितेको भएपनि कांग्रेसको दावी रहेको छ । यदि गठबन्धन भएको अबस्थामा कांग्रेसबाट महत उमेद्द्वार बन्ने कांग्रेस निकट श्रोत बताउछ ।

उता अहिले जितेका तामाङ आफुले जितेको ठाउँमा सहजै छोड्न तयार नभएको माओवादी निकट श्रोत बताउछ । हालै भएको स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने ७ पालिकामा ककनी,दुप्चेश्वर,पन्चकन्या गाउँपालिकामा माओवादीले अध्यक्ष र उपाध्यक्ष बहुमत वडा अध्यक्ष सहित जितेको छ भने कांग्रेसले लिखु र सुर्यगढ़ी गाउँपालिका बहुमत वडा अध्यक्ष सहित जितेको छ । तादी र शिवपुरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको छ ।

मतको आधारमा हेर्दा यो क्षेत्रमा माओवादी र कांग्रेसको अवस्था खासै धेरै मतान्तर पाउन सकिंदैन । माओवादी र कांग्रेसको आ-आफ्नो दावी यो क्षेत्रमा रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र २ मा केसीको दावी माओवादी पर्ख र हेरको नीतिमा

प्रतिनिधिसभा क्षेत्र २ मा कांग्रेसबाट अर्जुननरसिंह केसीले दावी गरिरहँदा माओवादीबाट औपचारिक रूपमा यहाँ चुनावी मैदानमा जाने बारेमा कोहि बोलेका छैनन् ।

यसअघि एमालेका नारायण खतिवडाले नेपाली काँग्रेसका केसीलाई पराजित गरेका थिए । यहाँ गठबन्धन भएमा माओवादीले टिकट पाउने देखिन्छ । यो क्षेत्रमा २ नगरपालिकासहित ५ पालिका रहेका छन् । बिदुर र बेलकोटगढी नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धनबाट दुवैतर्फबाट एक पालिकामा प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । गाउँपालिकाको पनि नतिजा समग्रमा उस्तै-उस्तै छ । पहिले  नेकपा माओवादी र  एमाले एकता भएको थियो ।

अहिले एमाले एक्लै प्रतिस्पर्धामा जाँदै छ भने एमालेले राप्रपासंग तालमेल गर्नसक्ने प्रबल सम्भावना समेत रहेको छ ।

प्रतिक्रिया