ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
विदुर खबर
२०८२ कार्तिक ५ गते २१:१२

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज बिहान आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।

बलराम बलामीको घरबाट सुरु भएको आगो जोडिएको घरमा पनि फैलिएको थियो। आगलागीमा नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा करिब एक करोड बराबरको धनसम्पत्ति क्षति भएको अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विद्युत् गडबढका कारण आगलागी हुँदा नगद १० लाखसहित र २५ लाख बराबरको सुनचाँदीको गरगहना, १८ लाख बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुङ्गामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ।

घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया