नुवाकोटको बिकास गर्नलाई युवा नै नेतृत्वमा आउँनैपर्छ : मिलन लामा

विदुर खबर २०७९ साउन २४ गते १५:१९

नुवाकोट । राजनीतिको केन्द्रमा भएर पनि कुनै नेताको आँखा पर्न नसकेको जिल्ला हो नुवाकोट ।

Advertisement

नुवाकोटले राजनीतिमा कयौ चर्चित अनुहारहरु जन्माएको छ । नुवाकोटबाट छिमेकी राजधानी काठमाडौं पसेपछि ति अनुहारहरु फेरीए नै तर नुवाकोट फेरिएन । राजधानीबाट सबैभन्दा नजिकको नुवाकोट कर्णालीभन्दा पनि बिकट छ भन्दा पत्याउन मुस्किल हुन्छ । तर बास्तविकता भने यहि नै हो। नुवाकोट राजनीतिको केन्द्रमा निर्णायक रहंदा समेत जिल्लाको बिकासतर्फ कसैको ध्यान जान सकेन ।

नुवाकोटले राजनीतिमा डा:रामशरण महत , डा.प्रकाशसरण महत , डा.प्रकाश चन्द्र लोहनी,पोष्टबहादुर बोगटी,अर्जुन नरसिंह केसी, महेन्द्र पाण्डेसहित कयौलाइ केन्द्रिय राजनीतिमा स्थापित गरेको छ । तर तिनै चचित अनुहारले नुवाकोटलाई नदेख्दा नुवाकोट पछी परिरहेको छ । सरकारले निर्वाचन घोषणा गरेसंगै नुवाकोट  चुनावी सर्गमीले तातेको छ ।

Advertisement

आजभोली मङ्सिर ४ मा हुने निर्वाचनमा को-को कुन पार्टीबाट उमेद्वार बन्ने भन्ने दौड चलिरहेको छ । अघिपछि बिर्षिए पनि निर्वाचनमा नुवाकोट सम्झनेहरु अहिले प्रसस्त पाउन सकिन्छ । नुवाकोटका अधिकांस युवाहरु अब पुरानो अनुहारबाट नुवाकोट परिवर्तन हुन् नसक्ने निष्कर्षमा पुगिसकेका छन् । युवामात्र होइन स्वयम् राजनीतिक पार्टीका युवा नेताहरुको पनि यहि बुझाई रहेको देखिन्छ ।

नेकपा एमालेका युवा नेता एबं बागमती प्रदेश सदस्य मिलन लामाले अब नुवाकोट बिकास गर्ने हो भने युवा नेता नेतृत्वमा आउनुपर्ने बताउछन । स्थापित अनुहारलाई जिल्लाको बिकास भन्दा पनि म के हुने चिन्ता भएकाले उनीहरुबाट नुवाकोटले आसा राख्नु व्यर्थ हुने उनको तर्क रहेको छ ।

Advertisement

जिल्लाबाट प्रतिनिधित्व गर्नेहरुले नै आफ्नो ठाउँ बिर्शिएकाले अब नुवाकोटको  राजनीतिलाई नयाँ शिराबाट अगाडी बढाउन युवापुस्ता नेतृत्वमा हुनुपर्ने उनि बताउछन । बास्तबमा भन्नुपर्दा अहिले नुवाकोटले आफ्नो मुहार फेर्न राजनीतिक अनुहार समेत फेर्न चाहेको पाउन सकिन्छ । नयाँबाट केहि परिवर्तन पाउन सकिने बुझाई अनुरुप समेत परिवर्तन खोजिएको हो ।

नेता लामाले भने,नुवाकोटबाट प्रतिनिधित्व गर्नेहरु राज्यको ढुकुटीमा धेरै पटक बसे तर नुवाकोटले केहि पाउन सकेन । यदि युवाहरुलाई अब नेतृत्वमा पुर्याउने हो भने नुवाकोट अबस्य परिवर्तन हुने धारणा उनको छ ।

नेता लामा नुवाकोटमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि सडक र आबस्यक पूर्वाधार कमजोर हुँदा धेरै आर्थिक नोक्सानी ब्येहोरिरहेको बताउँछन् । उनि भन्छन, नुवाकोट कृषि,फलफुल उत्पादनमा अब्बल हुँदा पनि नुवाकोटको मुख्य सडकको दुरावस्थाका कारण नजिकै रहेको राजधानी ल्याउन समेत मुस्किल छ ।

बिकासको प्रचुर सम्भावना बोकेको नुवाकोट राजनीतिक खिचातानीको सिकार हुँदा आर्थिकस्तरमा फड्को मार्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया