सुनको भाउ ६ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

विदुर खबर २०७९ साउन २४ गते १३:३७

नुवाकोट । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँ कायम भएको छ।

सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

Advertisement

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया