काठमाडौं उपत्यकाका ४२ जनामा हैजा पुष्टि
नुवाकोट । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो ।
मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पहिलो पटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो । त्यसपछि डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, कागेश्वरी मनहरा, बुढानीलकण्ठ, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा लगायतका स्थानमा हैजाका संक्रमित भेटिएका छन् ।
हैजा संक्रमितमध्ये १४ वर्षमुनिका ६ जना बालबालिका, ३६ जना १५ वर्षमाथिका रहेका मन्त्रालयको तथ्यांक छ ।
चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया