दुप्चेश्वर गाउँपालिकालाई पोषण मैत्री स्थानीय तह घोषणा गरिने

विदुर खबर २०७९ साउन २३ गते १५:०८

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले वि.सं २०८४ साल भित्र पोषण मैत्री स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता जनाएको छ ।

Advertisement

स्थानीय तहको निती, योजना, कार्यक्रम र सेवा प्रवाहमा पोषण केन्द्रीत तथा पोषण सम्वेदनशिल कार्यक्रमहरु समावेस गरी सबै नागरिकहरुमा पोषण सेवा प्राप्तीको अनुभूति गराउनु पोषण मैत्री स्थानीय तह घोवणा गर्नुको मुख्य उदेस्य रहेको छ ।

बहुक्षेत्रीय पोषण योजना तथा पोषण मैत्री स्थानीय तह कार्यन्वयन निर्देशिका २०७८ ले निर्दिष्टि गरेका रणनीतिहरु तथा कार्यनीतिहरु कार्यन्वयन गर्ने अभियानमा दुप्चेश्वर गाउँपालिका रहेको छ ।

Advertisement

आइतवार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले पालिका भित्रका सबै नागरिकको शारिरिक, वौद्धिक, संवेगात्मक तथा सामाजिक विकासको लागि आवस्यक पर्ने क्रियाकलापहरु सञ्चालन गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

पोषण मैत्री स्थानीय तह निर्माण गर्नाले स्वस्थ, समृद्ध, वौद्धिक र सभ्य मानव पूँजी निर्माण गर्ने सोचलाई पूर्णता दिन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

Advertisement

स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपन्छी विकास, महिला तथा बालबालिका र शासकीय पद्धती सुधारको क्षेत्रको सुचकको प्राप्तिको सुनिश्चितता भएको एकिन गरी वि।सं २०८४ साल भित्र पोषण मैत्री स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता उनको रहेको छ । साथै उनले घरमा नै उत्पादित पोषणयुक्त खानेकुराको पहिचान गरी खाने बानी नहुदा परिवारमा आर्थिक समस्या आउने गरेको बताए ।

स्वास्थ्य सुधारको लागि दुप्चेश्वर गाउँपालिकाले गरिरहेको पहललाई सफल बनाउन पालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको जनस्वास्थ्य निरिक्षक विहारी शरण कुइकेलले बताएका छन् ।

आगामी ५ वर्ष भित्रमा पोषण मैत्री दुप्चेश्वर गाउँपालिका घोषणको लागि वडा तह हुदै पालिका स्तरबाट खाद्य सुरक्षा तथा पोषण निर्देशक समिति बनाएर अघि बढ्ने जनस्वास्थ्य निरिक्षक कुइकेलको भनाई छ ।

दुप्चेश्वर गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाले आयोजना गरेको उक्त कार्यक्रममा पोषण मैत्री स्थानीय तह घोषणाको निमित्त आ–आफ्नो तहबाट आवस्यक पहल गर्ने भन्दै पालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, वडा अध्यक्षहरु, पालिकाको विभिन्न स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मी, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंशेविकाहरु, सुनौलो हजार दिन भित्रका आमाहरु लगायतले सामुहिक हस्ताक्षर समेत गरेका छन ।

प्रतिक्रिया