नुवाकोट र धादिङको सिमानामा अज्ञात महिलाको लास भेटियो

विदुर खबर २०७९ साउन २२ गते २१:३१
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोट र धादिङको सिमानामा अज्ञात महिलाको लास भेटिएको छ ।

Advertisement

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ र धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ४ को बाह्रविसे पुलमुनि उक्त महिलाको लास भेटिएको बेलकोटगढी नगरपालिका वडा नमबर ३ का वडाध्यक्ष कौशिल्या पुडासैनीले जानकारी दिइन् ।

कोल्पुखोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानियलले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

खोलाको रहमा घुमिरहेको लासलाई खोलामा बाढी कम भएपछि बाह्रविसेको झोलुङ्गे पुल नजिकमा शव तैरिएपछि कुमरी प्रहरी चौकीका प्रहरी, जनप्रतिनिधिहरु र स्थानीय को सहयोगमा शवलाई पानीले नभेट्ने गरि राखेका थिए ।

शव सडेगलेको अवस्थामा रहेकोले मान्छेको पहचान समेत गर्न कठिन रहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया