नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (क) मा सेढाईको उम्मेद्धवारी घोषणा

विदुर खबर २०७९ साउन २२ गते ८:२५

नुवाकोट । सरकारले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि आगामी मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै नुवाकोटमा उम्मेद्धवारी घोषणा गर्ने लहर चल्न थालेको छ ।

Advertisement

यसैक्रममा नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस नम्वर २ प्रदेश क का उप–सभापति प्रदिप कुमार सेढाइले प्रदेश सभा सदस्यको लागि उम्मेद्धवारी घोषणा गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रभरिका युवा जमातहरुको भेटघाटले आफुलाई उत्साहित गरेको भन्दै सामाजिक संजाल फेसबुकमार्फत उम्मेद्धवारी घोषणा गरेका छन् ।

Advertisement

उनले सबै शुभेच्छुक तथा युवाहरुको साथ र सर्मथनले आफु प्रदेशसभा सदस्य निर्वाचनको लागि योग्य रहेकोले पछि नहट्ने समेत बताए ।

“सबैको साझा र सरल नेत्रृत्वको लागि मेरो उम्मेद्धवारी हो । छिट्टै पार्टीका युवाको चाहना पुरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने आफ्नो चाहाना रहेको हो” उनले भने ।

Advertisement

उनले सबैले आफुलाई साथ र सहयोग दिने भन्दै आफुले चुनाव जितेमा कसैलाई निराश हुन नदिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया