नुवाकोटका विकासको कमाल, धादिङ शाखा उत्कृष्ट

नुवाकोट । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धादिङ शाखा आर्थिक वर्ष २०७८÷०७९ को उत्कृष्ट शाखा बन्न सफल भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा आयोजना गरेको कार्यक्रममा निकै उत्कृष्ट काम गरेको भन्दै धादिङ शाखा ब्रान्त अफ दि एयर घोषित भएको थियो ।
धादिङ शाखाले रिजन तीन अन्र्तगत अन्तरगतका शाखाहरुमध्ये उत्कृष्ट व्यवसाय गर्न सफल भएकोमा धादिङ शाखा प्रमुख विकास न्यौपानेलाई सम्मान गरिएको छ ।
उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत २ सय ३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सम्मानित हुदै धादिङ शाखाका प्रमुख बिकाश न्यौपानेले आगामी दिनमा अझै शसक्त रुपमा बीमा व्यबसायमा लाग्ने प्रतिबद्धता जनाए ।
उनले यस उपलब्धि हासिल गर्न सघाउने सम्पूर्ण एएमहरु, विसिहरुका साथै अभिकर्ता र बिमित तथा उक्त शाखाका कर्मचारीमा पनि विशेष धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया