नुवाकोटका विकासको कमाल, धादिङ शाखा उत्कृष्ट
नुवाकोट । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धादिङ शाखा आर्थिक वर्ष २०७८÷०७९ को उत्कृष्ट शाखा बन्न सफल भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहा चितवनमा आयोजना गरेको कार्यक्रममा निकै उत्कृष्ट काम गरेको भन्दै धादिङ शाखा ब्रान्त अफ दि एयर घोषित भएको थियो ।
धादिङ शाखाले रिजन तीन अन्र्तगत अन्तरगतका शाखाहरुमध्ये उत्कृष्ट व्यवसाय गर्न सफल भएकोमा धादिङ शाखा प्रमुख विकास न्यौपानेलाई सम्मान गरिएको छ ।
उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत २ सय ३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सम्मानित हुदै धादिङ शाखाका प्रमुख बिकाश न्यौपानेले आगामी दिनमा अझै शसक्त रुपमा बीमा व्यबसायमा लाग्ने प्रतिबद्धता जनाए ।
उनले यस उपलब्धि हासिल गर्न सघाउने सम्पूर्ण एएमहरु, विसिहरुका साथै अभिकर्ता र बिमित तथा उक्त शाखाका कर्मचारीमा पनि विशेष धन्यवाद व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया