नुवाकाेटकाे बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडकाे भूकम्प गयो
विदुर खबर
२०७९ साउन २१ गते ६:५७
नुवाकोट । नुवाकोटमा आज विहान भूकम्प गएको छ ।
बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी नगरपालिका केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का नुवाकोट आसपासका जिल्लाहरु धादिङ रसुवा र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।
भुकम्पको धक्का कडा महसुस गरिएपनि अहिलेसम्म कुनैपनि मानविय क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ र
यसअघि साउन १५ गते बिहान ८ ः १३ बजे खोटाङको साकेला गाउँपालिका वडा ५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया