आर्थिक वृद्धिद्धर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

विदुर खबर २०७५ भदौ १४ गते ५:३०

Advertisement

काठमाडौं , नेपाल राष्ट्र बैंकले एक वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उहााले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको पनि स्पष्ट पार्नुभयो । गभर्नर नेपालले मुलुकमा प्रतिफल आउने वातावरण सुनिश्चित भएको उल्लेख गर्दै लगानी बढाउन पनि निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

Advertisement

उहााले व्यापार घाटा मुलुकको मुख्य चुनौति रहेको उल्लेख गर्दै त्यसलाई घटाउन पनि उद्योगी, व्यापारीहरुले सक्दो पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो । हाल नेपालको व्यापार घाटा ११ सय ६१ अरव पुगेको छ ।

सो व्यापार घाटालाई कम गर्दैै लैजाने वातावरण पनि नेपालमा बनेको गभर्नर नेपालको तर्क छ ।नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर अघि बढाउन उत्पादनमालक क्षेत्रमा लगानी बढाउन पनि बैक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउादै आएको छ ।

Advertisement

प्रतिक्रिया